बुटवल-पछिल्लो २४ घण्टामा प्रदेश ५ मा १ सय जना संक्रमित थपिएका छन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक कोभिड १९ ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले तीमध्ये ६९ जना पुरुष र ३१ जना महिला रहेको जानकारी दिए।
उनका अनुसार प्रदेश ५ मा १ हजार ६० जना सक्रिय संक्रमित छन्। मंगलबार रुपन्देहीमा ५७ जना, प्युठानमा १८ जना, बाँकेमा ९ जना, बर्दियामा ६ जना, कपिलवस्तुमा ५ जना, पाल्पामा ४ र गुल्मीमा १ जनामा संक्रमण देखिएको छ।
प्रदेश ५ मा ४ हजार ५६६ जना संक्रमणमुक्त भएका छन्।
प्रदेश ५ मा कोरोना भाइरसको संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ।