बुटवल । ईस्लाम धर्मका धर्म गुरु पैगम्बर मुुहम्मद मुस्ताफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९४ औ शुभ जन्मोत्सवको अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद बुटवल–३ विकास पथको अयोजनामा वृहत रक्तदान कार्यक्रम गरेको छ ।
आज भन्दा १७ बर्ष पहिला देखि सुरु गरिएको रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । छात्रवृती समेत वितररण गरिएको कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष तथा संरक्षक हाजी जमाल मियाको प्रमुख आतिथ्यता रहेको थियो । मस्जिदका अध्यक्ष हाजी शकुर मियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य रक्त दान कार्यक्रमका संयोगजक सबर मिया गरेका थिए ।
कार्यक्रममा रजाय मुस्तफा मस्जिद समितिका बरिस्ठ उपाध्यक्ष हाजी रहमत खान, मदिना मस्जिद का बरिस्ठ उपाध्यक्ष जलिउल्लाह , मनिउल्लाह मिया, जबुल मिया, गोरे अलि मिया, मस्जिदका पुर्ब अध्यक्ष हाजी अहमद अलि मिया, बबर अलि मिया सरस्वती सामुदायिक स्कुलका प्राध्यापक , समाज सेबि मनमोहन गुभाजु ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम मदिना मदरसा मस्जिद समितिका सचिब मोहम्मद जमिल खान ले संचालन गरेको कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेको हुन् । कमाल दिन मियाका अनुसार सरस्वती माबी का छात्र छात्रा लाइ करिब २५००० बराबर को पाठ्य सामाग्री बितरण गरिएको छ । संस्थाका सलाम बक्स मियाका अनुसार शनिवार साँझ नै मिलादुन कार्यक्रम समेत आयोजना गरिएको छ ।
संस्थाले बुटवल सालघारी स्थित दृस्टिबिहिन आश्रममा राहात सामाग्री बितरण गरिने कार्यक्रम आईतबारलाई तय गरिएको सचिब मोहम्मद जमिल खानले जानकारी दिए ।