बुटवल-बुटवल उपमहानगरपालिकामा शुक्रबार २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख कुन्दन कुमार सिंहका अनुसार १४ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको हो।
जसअनुसार वडा नं ३/५/६/८ मा १-१ जना, ९ मा ८ जना, १२ मा ४ जना र १३ मा २ जनामा संक्रमण भएको छ। त्यसबाहेक बुटवल क्षेत्र उल्लेख भएका अरु ६ जना छन्।
बुटवलमा यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ भने सक्रिय संक्रमित २०७ जना रहेका छन्। ५१ जना भने संक्रमणमुक्त भएका छन्।