बुटवल-पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिष कुमार अर्याल मन्त्रालयभित्रैबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दिउसो उनलाई ५ लाख ३० हजार रुपैयाँसहित बुटवल स्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
अर्याल सो रकम बोकेर मन्त्रालय आएका थिए। उनका अनुसार उनी कार्यालयको ६६-१-०७६१ नंको गाडी पनि अख्तियारले नियन्त्रणमा लिएको छ।