काठमाडौं-सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो।
यसअघि भदौ १५ अर्थात आज सोमबारदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो। कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ।
आइतबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडान भने सर्त सहित भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय कायमै राखेको छ। यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि सरकार आफ्नै अघिल्लो निर्णयलाई स्थगित गरेको हो।