दाङ-समुदाय स्तरमा काेराेना संक्रमित खाेज्न काेराेना परिक्षणकाे दायरा बढाइएको छ।
दाङमा तेस्राे चरणमा समुदायस्तरमा काेराेना संक्रमित खाेज्न स्वाव संकलन र परिक्षण कार्यले तिब्रता पाएकाे हाे। घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका राप्ती गाउँपालिका, गढवा गाउँपालिका लगायतका क्षेत्रमा समुदाय स्तरमा संक्रमित भेटिएपछि काेराेना परीक्षणकाे दायरा बढाइएको छ।
.jpg)
आइतबार मध्यरातिदेखि दाङमा एक हप्ताकाे लागि निषेधाज्ञा लगाइएको छ। याे अवधिमा समुदाय स्तरमा काेराेना संक्रमित खाेज्न पिसिआर जाँचलाइ व्यापक बनाउने निर्णय जिल्ला काेराेना संकट व्यवस्थापन समितिकाे बैठकले समेत निर्णय गरेकाे छ।
लमही नगरपालिकाले समुदाय स्तरमा काेराेना संक्रमित खाेज्न तेस्राे चरणमा परीक्षण गर्न सुरु गरेकाे स्वास्थ्य शाखा संयाेजक लाेकराज पाैडेलले बताए।
.jpg)
`हामी समुदाय स्तरमा काेराेना छ कि छैन भनेर पत्ता लगाउने अभियानमा छाैं । बैंक, वित्तीय संस्था, कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, क्वारेन्टिनमा बसेकाहरुकाे स्वाव परिक्षण गरिरहेका छाैं´उनले भने-`अहिलेसम्म हाम्रो पालिका भित्र समुदाय स्तरमा काेराेना देखिएको छैन। परिक्षणकाे दायरा बढाइएको छ।´
.jpg)
साेमबार वडा अध्यक्षहरुले समेत स्वाव दिएका छन्। जनतासँग प्रत्येक्ष सराेकार राख्ने भएकाले वडा अध्यक्षहरुकाे पनि स्वाव संकलन गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताए।
.jpg)
साेमबार ६५ जनाकाे स्वाव संकलन गरिएको छ। यसअघि पहिलो र दाेस्राे चरण गरी ७० जनाकाे नमुना संकलन गरिएको थियाे। संकलन गरिएको नमूना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही पठाइएको छ।
.jpg)
.jpg)
.jpg)