काठमाडौं– वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ। डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको डा रिजालले जनाएका छन्।
उनी पत्नीसहित ह्याम्स अस्पतालमा भर्ना भएका छन्। अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए।