काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको बताउँदै होम आइसोलेसनमा बसेको जानकारी दिए।
दुई दिनअघि स्वाब दिएकामा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए। शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए। तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन।