बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमध्ये रुपन्देहीका ६३ जना हुन् भने कपिलवस्तुका ६ जना हुन्।
प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार बुटवलका ३१, तिलोत्तमाका १६, रोहिणीका १५ र सियारीका १ जनामा संक्रमण पुष्टि भएको छ।
कपिलवस्तुका ६ जना रहेका छन्। यो रिपोर्ट सोमबार राती आएको हो। यो सबै तथ्यांक आज दिनभरको तथ्यांकमा जोडेर सम्बन्धित स्थानीय तहले सार्वजनिक गर्नेछन्।
बुटवलका ३१ जनाको वडा विभाजन भएको छैन। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा अधिकृत गीता पाण्डेले वडाअनुसार छुट्याएको तथ्यांक मंगलबार बेलुकासम्म मात्रै आउनेछ।
तिलोत्तमाले भने वडाअनुसार तथ्यांक निकालिसकेको छ। तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार वडा नं १ का २ जना, २ का ८ जना, ७ का २ जना, ९ का १ जना र १५ का १ जना गरी १४ जनाको वडा छुट्टिएको छ। अरु २ जनाको वडा छुट्याउन बाँकी छ।
तिलोत्तमाका यो सबै कन्ट्याक्ट ट्रेसिङमा संकलन गरिएका स्वाबको रिपोर्ट हो। तिलोत्तमामा संक्रमितको संख्या १२१ पुगेको छ भने ६७ जना संक्रमणमुक्त भइसकेका छन्। ५१ जना संक्रमित अहिले होम आइसोलेशन र शंकरनगर वनबाटिकास्थित आइसोलेशनमा रहेका छन्। तिलोत्तमामा ३ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै रोहिणी र सियारीको पनि वडाअनुसारको तथ्यांक विभाजन भइसकेको छैन।