पाल्पा-पाल्पामा लगाइएको निषेधाज्ञा हटाएर खुकुलो बनाइएको छ। तर पाल्पाजिल्लामा प्रवेशमा भने कडाइ गरिने भएको छ।
जिल्ला स्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले पाल्पा जिल्लाभित्र हुने गतिविधि खुला गर्ने र बाहिरबाट आउनेहरुलाई कडाइ गर्ने निर्णय गरेको हो।
आज रातीदेखि पाल्पामा लगाइएको निषेधाज्ञाको अवधि समाप्त हुँदैछ। पाल्पामा २४ जना सक्रिय संक्रमित छन्।
