बुटवल-रुपन्देहीमा २१ गतेदेखि जारी रहेको शर्तसहित निधेषाज्ञा आज रातीदेखि सकिदैछ। निषेधाज्ञा कुन मोडालिटीमा लैजाने भन्नेबारे आज दिउसो २ बजे बैठक बसेर निर्णय गर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।
उनका अनुसार उद्योगी व्यवसायी, होटल र यातायात व्यवसायीहरुले राखेका मागहरुका बारेमा छलफल गरेर स्वास्थ्यकर्मीहरुको सुझावका आधारमा निर्णय हुनेछ।
'हामीलाई चल्न दिनुपर्यो भनेर सार्वजनिक यातायात व्यवसायी र होटल व्यवसायीहरुले माग राख्नुभएको छ-उनले भने-तर रुपन्देहीमा संक्रमण बढिरहेकाले के गर्ने भन्ने छलफल हुनेछ र त्यसकै आधारमा निर्णय हुनेछ।'
उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उद्योग व्यवसाय सञ्चालन गर्न खुला रहने भएपनि होटल र यातायातका बारेमा भने स्वास्थ्यकर्मीहरुको सुझाव सुन्ने बताए। 'हामीलाई खोल्नुपर्यो भनेर मात्रै पनि भएन, यसमा स्वास्थ्यका दृष्टिले के हो भन्ने बुझेर त्यसकै आधारमा निर्णय हुन्छ।'
होटल र सार्वजनिक यातायात व्यवसायीहरुले असोज १ गतेदेखि व्यवसाय सञ्चालनमा ल्याउने भन्दै सरकारलाई खुला गर्न माग गरिरहेका छन्।