बाग्लुङ-बाग्लुङमा पहिरोले घर पुर्दा एक जना बेपत्ता भएका छन्। घर पुर्दा ६१ वर्षका हरिकृष्ण पौडेल बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।
बाग्लुङको जैमिनी नगरपालिका-१ कुश्मिशेरा टुनीबोटमा पहिरोले पाँच घर पुरेको हो। बेपत्ता पौडेलको परिवारका अन्य पाँच सदस्य भने सकुशल रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घरमा पनि क्षति पुर्याएको छ। स्थानीय बासिन्दा, नेपाली सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन्।