बारा । बारामा गोली प्रहार गरि निर्धन उत्थान बैंकका कर्मचारीबाट ४ लाख रकम लूटिएको छ । बाराको प्रसौनी गाउपालिकामा शाखा रहेको बैैकका कर्मचारी जिवन खडकाबाट मोटरसाईकलमा चढेर आएका २ जनाले गोली प्रहार गरि ४ लाख रकम लुटेर लगेका हुन ।
फेटा गाउँपालिका वडा नम्बर २ जगतपुर टोलबाट बैंकको रकम सँकलन गरि फर्कदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर आएका २ जनाले फायरिङ गर्दै आफुसित भएको ४ लाख रकम लुटेर लगेको पिडित खडकाले प्रहरी समक्ष बयान दिएको बाराका प्रहरी प्रबक्ता रञ्जित सिँह राठौरले जानकारी दिए । गोली भने कसैलाई नलागेको राठौरले बताए ।गोली प्रहार गरि रकम लूटने ब्यक्तिहरुको खोजी कार्य भईरहेको उनले बताए ।