काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बिहान पाँच बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए।
भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।