काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब मृत्यु भएका व्यक्तिहरुको कोरोना भाइरसको परीक्षण नगर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भएमा परीक्षण गर्न नपर्ने निर्णय गरेको भन्दै सावधानीपुर्वक अन्तिम संस्कार गर्न निर्देशन दिएका हुन्।
प्रवक्ता डा.गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने बताएका छन्। यसअघि मृतकको स्वाव संकलन गरेर पीसीआर परीक्षण हुँदै आएको थियो। तर अब सरकारले मृत्यु भइसकेका व्यक्तिहरुको पीसीआर टेस्ट नगर्ने निर्णय गरेको हो।