भैरहवा–आज असोज १ गते। कन्या संक्रान्ति अर्थात् भगवान् विश्वकर्माको जन्मजयन्ती। यातायात, उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनरीहरुको महत्वपुर्ण पूजाआजा गर्ने दिन। कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले भगवान विश्वकर्माको पूजा गर्छन्।
जसका लागि किनमेल गर्न बजारका फलफूल, मिठाई, पूजा सामाग्री तथा सजावटका फुलमालाहरुको पसलमा भिडभाड देखिन्छ।
सरकारले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै झण्डै ६ महिनापछि आजदेखि सार्वजनिक गाडी सुचारु गर्ने निर्णय गरेको छ। आज विश्वकर्मा पूजा गरेपछि सडकमा कालो प्लेटका सवारीसाधनहरु चल्न थालेको देखिन्छ। सडकमा बाक्लो गाडीहरु नदेखिएपनि फाटफुट रुपमा सार्वजनिक यातायातका बस, टयाक्सीहरु देखिन्छन्।
सिद्धार्थ यातायात प्रालिले आजबाट सार्वजनिक बसहरु सञ्चालनमा ल्याएको छ। जोखिमका बावजुत प्रालिले आज विश्वकर्मा पूजा गरी ६ वटा बसहरु सञ्चालनमा ल्याएको छ।
चालक परिचालकहरु घरबाट नफर्किएकाले र कोही आउने क्रममा रहेकाले भोलि शुक्रबारदेखि एसीसहितका सबै गाडीहरु सञ्चालनमा आउने प्रालिका अध्यक्ष सूर्य कुमार सारु मगरले बताए।
‘आज हामीले सिद्धार्थनगरको बेलहियादेखि बुटवलको गोलपार्कसम्मको रुटमा बस सञ्चालन गरेका छौं, काठमाडौ काउण्टर खुल्ला नभएकोले त्यस बाहेकका रुटमा भोलिबाट बस सञ्चालनमा आउनेछन्।’
असोज १ गतेदेखि मापदण्ड बनाएर सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेपनि सबै यातायात सञ्चालनमा आएका छैनन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालिले भने भोलि शुक्रबारदेखि छोटो दुरीमा र ५ गतेदेखि लामो दुरीमा गाडी चलाउने तयारी गरेको छ।
निर्णयमा यात्रुसँगै चालक, सहचालक, परिचालकले अनिवार्य मास्क, पन्जा, स्यानिटाइजर, फेसभाइजर लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने, सवारी साधनले नियमित भन्दा ५० प्रतिशत बढि भाडा लिइ सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने मापदण्ड छ।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
