बुटवल-देशभरको मौसम सोमबार सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। यस्तै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन्।
अहिले देशभर सामान्य बदली रहेको छ भने प्रदेश १ र २ का केही स्थानमा पूर्ण बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, प्रदेश २ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविदले बताएका छन्।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।