काठमाडौं-नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षकाे उमेरमा निधन भएको छ।
बिना अक्सिजन सगरमाथा आरोहण गरेर नाम कमाएका शेर्पाको सोमबार बौद्धमा निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो।
उनी कलेजाे सम्बन्धी समस्याबाट पीडित थिए। अन्तिम संस्कार भने एक/दुई दिनमा गरिने जनाइएको छ। शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।
अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसै कारण उनलाई हिउँ चितुवाको नामले चिनिने गरिएको हो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।