बुटवल-सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ का अनुसार तानसेन नगरपालिका ८ डुम्रेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
सिद्धार्थ राजमार्गको अन्य ठाउँमा पनि साना साना पहिरा खसेका छन्। जसका कारण सिद्धार्थ राजमार्गमा गुड्ने गाडी अलपत्र परेका छन्। पहिरो खसिरहेकाले सकड सुचारु गर्नका लागि डोजर चलाउन सकिएको छैन। पहिरो रोकिनेबित्तिकै सडक सुचारु गराउन प्रयास गर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।