बुटवल-सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ। ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ का अनुसार तानसेन नगरपालिका ८ डुम्रेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
दुईतर्फी नै गाडी चलाउनका लागि पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।