स्याङ्जा-स्याङ्जामा पहिरोले घर भत्काउँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना पुरिएका छन्। अर्का एक जनाको उद्धार गरिएको छ।
प्रहरीका अनुसार वालिङ नगरपालिका वडा नम्बर १४ मा माया परियारको घर पहिरोले भत्काउँदा घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
अरु ८ जनालाई पनि निकाल्ने प्रयास भइरहेपनि घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको छ।
यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ। आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको मृत्यु भएको हो।
उनी सुतिरहेको बेला पहिरो खसेको थियो।