भैरहवा-तिनाउ र दानव नदीमा आएको बाढीले रुपन्देहीको दक्षिणी भेगमा असर गरेको छ। बाढीले मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाका केही गाउँ डुबानमा परेका छन्।
भर्थापुर, पाण्डेडिह, चक्किया, दुवे थुमहवालगायतका गाउँ डुबेको सम्मरीमाई गाउँपालिकाका इन्जिनियर रामदेव गुप्ताले जानकारी दिए। यी गाउँका ६ घरमा क्षति पुगेको छ।
डुबान भएको क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी र गाउँपालिकाका कर्मचारीले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएका छन्।