बुटवल-बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ।
बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ। एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ।