बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन ।
अहिले सम्म १० जना को घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए । घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ । घाइते सात जनालाइ उपचारका लागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए । घाइतेको उद्धार जारीरहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।