बुटवल -अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए।
उनले भने,’ घटनास्थलमा अहिले मृत्युको हुनेको संख्या १७ जना पुगेको छ। जसमा ७ महिला र १० जना पुरुष रहेका छन्। मृतकको बढ्न सक्छ। हामी उद्दार कार्यमा लागिरहेका छौ।’
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्।
उद्धार जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।