भैरहवा-रुपन्देहीको मर्चवारी गाउँपालिकामा खशी किनबेचको विषयमा स्थानीयबीच झडप हुँदा ४ जना घाइते भएका छन्। मर्चवारी गाउँपालिका १ सोनवर्षा चोकमा खशी किनेको १ महिनासम्म पनि रकम नदिएका कारण शुरु भएको विवादले झडपको रुप लिएको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।
उनका अनुसार बेलुका ७ बजेपछि स्थानीयबीच भएको झडपका क्रममा ४ वटा मोटरसाइकल र ५ वटा साइकलमा आजगनी र तोडफोड भएको छ। घाइते भएका ४ जनालाई उपचारका लागि भैरहवा ल्याइएको छ।
अहिले सो स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकेको प्रमुख भण्डारीले बताए।