बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएकाहरुले प्लाज्मा संकलनको लागि रक्तदान गरेका छन् ।
मंगलबार नगरपालिकामा आयोजना गरिएको सो कार्यक्रममा २४ जनाले प्लाज्मा दान गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि आयोजना गरिएको प्रवक्ता श्रीले बताए ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिने चिकित्सकहरु बताउँछन् ।
नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाईसकेका छन् ।