बैतडी-बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मंगलबार दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान हुन बाँकी छ । जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।