काठमाडौ - टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ ।
‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको बुधबार काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।
‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ ।
कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिए ।
प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीकाे भाषण र भिजन दुवैका आधारमा विजेता छनाेट गरिने आयाेजकले जनाएकाे छ । कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयाेजकले दाबी गरेकाे छ ।
पत्रकार सम्मेलनमा निर्णायकत्रय भट्टराई, कार्की र मिश्रले नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका थिए ।