बुटवल । नेपाल विज्ञापन संघ (आन)को प्रदेश नं ५ को संयोजकमा गौतम भुसाल चयन भएका छन्। संघको कार्यसमितिको निर्णय अनुसार भूसाललाई संघका अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन संघ प्रदेश नं ५ को संयोजकको रुपमा घोषणा गरे । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले मिडिया र बिज्ञापनदाताबिच कसरी अगाडी बढ्ने भन्ने बिषयमा जानकारी गराएका थिए।
उक्त कार्यक्रममा नेपाल टेलिभिजन र कि एडभरटाइजिङको सहकार्यमा नेपाल स्टार नामक सिङ्गीङ कम्पिटिसन समेत चलाउने उनले बताउनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले बिज्ञापनको दर रेटमा तलमाथि हुन नहुने बताए। सो कार्यत्रक्रमको संचालन बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख बिष्णु भुसालले गरेका थिए ।