दाङ-दाङमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना गम्भिर घाईते भएका छन् ।
घोराही उपमहानगरपालिका १७ असारेमा प्रदेश लुम्बिनी ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रित भएर सडक देखि खेतमा पल्टीदा घोराही उपमहानगरपालिका १७ का ३५ बर्षिय बिजय अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा परि सोही ठाउँका ३५ बर्षिय उमाकान्त घिमिरे र घोराही १५ का ३६ बर्षका समिर पन्त घाईते भएका छन । घाईते दुबैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।
घोराही-४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिक खाएर घोराही तर्फ आउने क्रममा जीप दुर्घटनामा परेको स्थानियले बताएका छन् ।