बुटवल-रुपन्देहीमा स्रोत नखुलेको साढे १६ लाखसहित १ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार दिउँसो सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनिया पक्राउ परेका हुन्।
प्रहरीको नियमित चेकचाँजका क्रममा बनियाँलाई लु ३९ प ४४५७ नम्बरको स्कुटरसहित एक हजार दरका १०३५ वटा नोट तथा ५०० सय दरका १२३० वटा नोट गरी जम्मा १६ लाख ५० हजार स्रोत नखुलेको रकम बरामद गरेको हो।
बनियाले सो रकम बराबरको स्रोत खुलाउन नसकेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ।