दोलखा : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।
दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए।
उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए।