काठमाडौँ -काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ ।
प्रारम्भिक जानकारी अनुसार ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।