पाेखरा - प्रतिनिधि सभा विघटन गराएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएकाे छ। जनमत विपरित संसद विघटन गर्न सिफारिस गरेको भन्दै प्रधानमन्त्री तथा आफ्नै पार्टी अध्यक्षको पुत्ला जनाएका हुन्। पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोजे पनि असफल भएको थियो । पुत्ला जलाउँदै उनीहरुले ओली विरुद्ध नाराबाजी गरेका थिए।