बुटवल-रुपन्देहीका १०१ लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटनलाई अहिलेसम्म प्राप्त उपलब्धिमाथि कुठाराघात भएको भन्दै खेद व्यक्त गरेका छन्।
समस्या समाधानका अरु उपायहरु हुँदाहुँदै राजनीतिक संकटको बहानामा बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिमाथि कुठाराघात भएको भन्दै खेद प्रकट गरेका हुन् ।
१०१ जना लेखक तथा साहित्यकारले विज्ञप्ति जारी गरेर संविधानको मर्म, व्यवस्था र जनआकांक्षाविपरीत प्रतिनिधिसभा विघटन भएको भन्दै प्रतिनिधि सभा पुन:स्थापनाको माग गरेका छन्।
उनीहरुले विज्ञप्तिमा भनेका छन्-'कोभिड १९ को महामारी र त्यसले उत्पन्न गरेका बेरोजगारी, महँगी, गरिबी र आय असमानता अहिले चुनौतीका रूपमा देखिएका छन् । यो वेला जनजीविका र जनस्वास्थ्यको विषय मुख्य मुद्दा हुनुपर्ने हो । सामाजिक सुरक्षा र आर्थिक सन्तुलनका लागि सरकार र सम्पूर्ण राजनीतिक दलहरूको ध्यान केन्द्रित हुनुपर्ने हो । तर, जनजीविका र जनस्वास्थ्यका प्रश्नमा लामो समयदेखि मौन रहेर सत्ताको दाउपेचमा सीमित हुनुले दलहरू र राजनीतिप्रति नै वितृष्णा सिर्जना भइरहेको छ । यही वितृष्णा नै गणतन्त्र र लोकतन्त्रका निम्ति चुनौती बन्न सक्छ । तसर्थ, राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्छ ।'
यस्तो छ विज्ञप्ति
१) सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन संविधानको मर्म, व्यवस्था र जन–आकांक्षाविपरीत रहेको छ । हाम्रो संविधान जनताको लामो र अथक संघर्ष तथा त्याग र बलिदानको प्राप्ति हो । यसले राजनीतिक स्थायित्वको परिकल्पना गरेको छ । समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै राजनीतिक संकटका बहानामा बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिमाथि कुठाराघात हो । हामी यो कुठाराघातप्रति गम्भीर खेद प्रकट गर्दछौँ ।
२) कोभिड १९ को महामारी र त्यसले उत्पन्न गरेका बेरोजगारी, महँगी, गरिबी र आय असमानता अहिले चुनौतीका रूपमा देखिएका छन् । यो वेला जनजीविका र जनस्वास्थ्यको विषय मुख्य मुद्दा हुनुपर्ने हो । सामाजिक सुरक्षा र आर्थिक सन्तुलनका लागि सरकार र सम्पूर्ण राजनीतिक दलहरूको ध्यान केन्द्रित हुनुपर्ने हो । तर, जनजीविका र जनस्वास्थ्यका प्रश्नमा लामो समयदेखि मौन रहेर सत्ताको दाउपेचमा सीमित हुनुले दलहरू र राजनीतिप्रति नै वितृष्णा सिर्जना भइरहेको छ । यही वितृष्णा नै गणतन्त्र र लोकतन्त्रका निम्ति चुनौती बन्न सक्छ । तसर्थ, राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्छ ।
३) देश संकटमा परेका वेला हामी लेखक साहित्यकारहरू मौन बस्न सक्दैनौँ । राजनीतिक मुद्दाको कुनै पनि विषयमा दलहरूको भाषा र व्यवहार लोकतान्त्रिक संस्कृति अनुकूल छैनन् । राजनीतिक उतारचढावका कारण सिर्जित समस्यालाई संविधानको दायरामा रहेर नै समाधान गर्न सकिन्छ । त्यसरी मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्छ । जनताको अथक संघर्षले हासिल भएका उपलब्धि संस्थागत हुन सक्छन् । हामी राजनीतिक दलका नेताहरूलाई वचन तथा कर्ममा सचेत रहन अपिल गर्दछौँ ।
२०७७ पौष १८, शनिबार ।
विज्ञप्तिमा उल्लेख भएका लेखक तथा साहित्यकारहरु
१) बुँद राना
२) विजय सागर
३) ऋषिराम भुसाल
४) दिल साहनी
५) वनमाली निराकार
६) मदनलाल पौड्याल
७) दुर्गा पौड्याल
८) गुरुदत्त ज्ञवाली
९) ऋषि आजाद
१०) गिरि श्रीस मगर
११) रामचन्द्र श्रेष्ठ
१२) कृष्ण गाउँले
१३) शंकर भण्डारी
१४) लक्ष्मण श्रेष्ठ
१५) दीपक विश्वकर्मा
१६) माधवकुमार पौडेल
१७) कविराज पौडेल
१८) मीनबहादुर राना
१९) रवीन्द्र पोखरेल
२०) माधव गौतम
२१) सुवास रिजाल
२२) पुरुषोत्तम पाण्डे
२३) अमृत पियुष
२४) गोमा बस्याल
२५) विनोद उदय
२६) सुशील सापकोटा
२७) पदम कार्की
२८) यज्ञलाल सुवेदी
२९) हुमराज भुसाल
३०) रमेश पाण्डे
३१) छवि ज्ञवाली
३२) डा. ज्ञानदेव हटुवाल
३३) हृदय लेकाली
३४) केशव बेल्वासे
३५) रुद्र शर्मा ‘दुःखी’
३६) राजेशकुमार चौधरी ‘जिज्ञासु’
३७) ज्ञानु केसी
३८) सीता ढुंगाना काफ्ले
३९) डा.लक्ष्मी पोखरेल ‘कोकिला’
४०) लक्ष्मीप्रसाद अधिकारी
४१) नरेन्द्र भण्डारी न्यौपाने
४२) धनबहादुर गहतराज
४३) कृष्णप्रसाद बस्याल
४४) वसन्त पोखरेल
४५) मणिराम भट्टराई
४६) सरु ज्ञवाली
४७) विष्णुप्रसाद गजुरेल ‘आलोक’
४८) संगीता अञ्जुली
४९) कमल पोखरेल
५०) कुल शर्मा
५१) दिलीप ज्ञवाली
५२) सुमिना
५३) कृष्ण पाण्डे
५४) सञ्जय काउचा मगर
५५) विष्णु विवश पोखरेल
५६) केबी धुँवाले
५७) प्रकाश नेपाली
५८) वामदेव भण्डारी
५९) गणेश खनाल ‘क’
६०) गणेश खनाल ‘ख’
६१) अच्युत गौतम
६२) अस्मिन पाण्डे
६३) गोविन्द रसाइली
६४) लक्ष्मी केसी
६५) छविलाल न्यौपाने
६६) विजु पछाई खाती
६७) लीलावल्लभ ढकाल
६८) रमा जैसी
६९) सरोज सर्वहारा
७०) जानकी आचार्य
७१) गोमा भट्टराई
७२) ऋषि सापकोटा
७३) सञ्जय घिमिरे
७४) भरत अनमोल
७५) सन्तोष स्वप्निल
७६) पारस राहादी मगर
७७) तीर्थ भण्डारी
७८) रोहन पृथक
७९) सरस्वती बस्याल
८०) अशोक रेग्मी
८१) प्रियंका भण्डारी
८२) गुरूप्रसाद कुमाल ‘बुलबुल’
८३) ईश्वरी ढकाल
८४) नविना थापा
८५) राधा ढकाल
८६) शारदा खनाल
८७) सुनिता चुँदाली
८८) सुरेश सापकोटा
८९) पूर्ण भट्टराई
९०) प्रदीप अर्याल
९१) दीप पाण्डे
९२) जिएसएम खनाल
९३) प्रिसुइन्स
९४) चतुर्भुज आत्रेय
९५) हीरा भट्ट
९६) रञ्जु गौतम घिमिरे
९७) फटिक तरामु मगर
९८) डिपी पोखरेल ‘पृथक’
९९) इन्दिरा पाण्डे
१००) नारायण अर्याल ‘नयन’
१०१) सरला गाहा मगर