बुटवल । ठुलापोखरा सम्पर्क समाज रुपन्देही बुटवलले न्यानो कपडा बाँडेको छ।
अर्घाखाँची छत्रदेब गाउँपालिका ६ ठुलापोखरामा जीवनज्योती आधारभुत विद्यालय तथा भगवती आधारभुत विद्यालयमा रहेका अध्ययनरत विद्यार्थी तथा अति गरिब अभिभावकलाई न्यानो कपडा वितरण गरेको हो ।
जीवनज्योति आधारभुत विद्यालयका ५० विद्यार्थी र भगवती आधारभुत विद्यालयका २५ बिद्यार्थी त्यस्तै सोही विद्यालयका अति बिपन्न परिबारका अबिभाबक २२ जनालाई न्यानो कपडा बितरण गरेको छ ।
साथै उक्त कार्यक्रममा छ्त्रदेब गाउँपालिकाका शिक्षक कृष्ण प्रसाद पौडेललाई सम्मान गर्दै आर्थिक सहयोग गरेको छ । सम्पर्क समाजले स्थापना गरेको अक्षयकोषबाट ९ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी वाड न ६ का वाड अध्यक्ष कमल पौडेल तथा बिशेष अतिथी वाड सदस्य सफिता शाह, ज्ञान प्र पाण्डे, सुन्तली बिक ब्यबस्थापन समितीका अध्यक्ष कृष्णदेब पान्डे, जीवनज्योती आधारभुत विद्यालयका प्रअ चिन्तामणी खनाल, भगवती आधारभुत विद्यालयका प्रअ ठाकुर पन्थी लगायत शिक्षक अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रम ठुलापोखरा रुपन्देही सम्पर्क समाजका अध्यक्ष गणेश भट्टराईको अध्यक्षता तथा सम्पर्क समाजका नेत्र पाण्डेको स्वागत मन्तव्य, सम्पर्क समाजकै गोबिन्द बन्जाडेको मन्तव्य, सम्पर्क समाजका सचिब टिकाराम बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो।