गुल्मी- पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्वर २ का साम्सद गोकर्ण विष्ट, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट, पुर्व प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गगन बिष्टलाई मातृशोक परेको छ । इस्मा गाउँपालिका ४ दोहली निवासी चिन्तकला विष्टको मगंलबार ९० वर्षको उमेरमा निधन भएको छ ।
उनलाई केही दिन अघिदेखि सामान्य समस्या देखा परेको थियो । पछिल्लो समय निको हुँदै गएपनि अचानक दुःखद् घटना घटेको इस्मा गाउँपालिका छोरा लक्ष्मण विष्टले बताए । बुधबार इस्मा गाउँपालिका ५ हुलाकेमा अन्त्येष्टी गरिने विष्ट परिवारले जनाएको छ । आमा चिन्तकलाका गोकर्ण बिष्टसहित ५ जना छोरा रहेका छन ।