बुटवल-अर्घाखाँचीको सन्धिखर्कमा पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ स्थित शान्ति बगैचाभित्र खेल्ने क्रममा पोखरीमा डुबेका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।
अर्घाखाँचीको मालारानी ८ घर भएकी ५ वर्षीया कृष्टिना महत र प्युठान नगरपालिका घर भइ अहिले सन्धिखर्कमा बस्ने ४ वर्षीया वर्षा थापा रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।