बुटवल-बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मोटरसाईकल अनियन्त्रित भई ट्याङकरमा ठोक्किदा एक जनाको मृत्यु भएको हो।
बिहीबार दिउँसोे बुटवल उपमहानगरपालिका–८ सिद्धबाबा हस्पिटल नजिक लु २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना १ क ८२ ५२ नम्बरको ट्याङकरमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा परी पाल्पाको तिनाउ–१ कचल, झिगामारा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका दोलक बहादुर पुन मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ। दुर्घटनामा परी घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।