गुल्मी-गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मालिका गाउँपालिका ३ ह्वाङदी स्थित दमार्नेको ठूलो जंगल क्षेत्रमा शव भेटिएको वडाध्यक्ष राजकुमार विकले जानकारी दिए ।
शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।
स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय स्तरमा मुचुल्का उठाएर शव गुल्मी अस्पताल तम्घास ल्याउने प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए ।