फागुन । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ सैनामैनामा पुन धर्म (पितम्बर) न्यौपानेको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन भएको छ । आज सम्पन्न संघको आठौ साधारण सभा तथा चौथो अधिबेशनबाट न्यौपानेको अध्यक्षतामा कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा नाथु चौधरी, महिला उपाध्यक्षमा देवकी थारु, कोषाध्यक्षमा बुद्धिराम कुमाल रहेका छन भने खेम नारायण तिवारी, कृष्ण दंगोरीया, महादेव दंगोरयिा, डिल बहादुर नेपाली र मोनिलाल मल्लाह रहेका छन ।
सम्पुर्ण श्रमिकहरु संघमा आवद्ध भई आफ्नो हक अधिकार लिनु पर्ने नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा टे«ड यूनियनका का.वा अध्यक्ष ओम प्रकाश चौधरीले बताएका छन् । नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै प्रमुख अतिथि समेत रहेका चौधरीले नया कार्य समितिले सम्पुर्ण श्रमिकको समस्यालाई सम्बोधन गर्दै अगाडी बढ्ने बिश्वास ब्यक्त गरे ।
सम्पुर्ण श्रमिकको समस्या पहिचान गरी सम्बोधन गर्दै अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष धर्म न्यौपाने प्रतिबद्धा ब्यक्त गरे । श्रमिकमा कुनै समस्या, पिरमर्का भए सैनामैना स्थित संघको कार्यालय वा सिदै आफु समक्ष ल्याउन समेत अध्यक्ष न्यौपानेको आग्रह थियो ।
कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय सदस्य नारायण सुनार, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका जिल्ला अध्यक्ष बिर बहादुर लामा लगायतले श्रमिकका बिषयमा बोलेका थिए । कार्यक्रममा संघको बिभिन्न उप समितिमा रहेर योगदान पुर्याएका २९ जनालाई सम्मान गरिएको थियो । दयाराम मल्लाहको स्वागत, संघका सचिव त्रिवेणी चौधरीको संचालनमा सैनामैना ३ स्थित संघको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।