रुपन्देही : टाटा मोर्टसले नयाँ फरेवररेन्जका गाडिहरु नेपालमा भित्राएकाे छ । नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अन्तर्गत रुपन्देहीको लागि अधिकारिक बिक्रेता सफल अटो ईन्टरनेशनल र बुद्धम अटो मार्टले संयुक्त रुपमा पाँच वटा नयाँ गाडीहरु आज एक कार्यक्रम गरी सार्वजनिक गरेको छ ।
टाटा मोटर्सले बजारमा उपलब्ध गराएका गाडिहरु , टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ हुन । यी सबै साधन बि एस सिक्स प्रविधिले बनेका हुन् । सफल अटोका अनुसार टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार यी गाडीहरु तयार गरिएको हो ।
शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा तयार पारिएकाे छ । टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरिसकेकाे छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।