राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा विनोद पहाडी पुन चयन भएका छन्। संविधान सभा सदस्य समेत रहेका पहाडी पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत हुन्। बुटवलमा भएको संघको प्रथम अधिवेसनले पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
संघको बरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, उपाध्यक्षमा मिलन परियार, महिला उपाध्यक्षमा कमला कुमारी विक निर्वाचित भएका छन्। त्यसै गरी प्रदेश १ बाट प्रबत प्रतेल, २ बाट भोला पासवान, बाग्मती प्रदेशबाट बुद्धि विश्वकर्मा, गण्डकी प्रदेशबाट दीपक परियार, लुम्बिनी प्रदेशबाट बिनोद परियार, कर्णाली प्रदेशबाट करण ताम्राकार र सुदुरपश्चिम प्रदेशबाट टेकेन्द्र विश्वकर्मा उपाध्यक्षमा निर्वाचित भएका छन्।
महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, बिरु नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी, कोषाध्यक्षमा भिम परियार चयन भएका छन्। अधिवेसनले ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो। केन्द्रीय सदस्यहरुमा रुपन्देहीवाट फुलु सुनार, सन्जय सौगात र राधेश्याम विश्वकर्मा, साबित्रि रसाईली चयन भएका छन्। संघको महाधिअधिवेसन शुक्रबारबाट सुरु भएको थियो ।