गुल्मी– गुल्मीमा आठ महिनाको अवधिमा पाँच हजार आठ सय सवारी साधन कारवाहीमा परेका छन्। कारवाहीमा पर्नेमा सबै भन्दा बढी मोटरसाइकल रहेका छन्।
चालु आर्थिक वर्षको साउन महिना यता दुई हजार ७ सय ३३ मोटरसाइकल कारवाहीमा परेका छन्। त्यसै गरी २ हजार एक सय ५० जिप कार, ३ सय ८१ ट्रक, एक सय ९८ बस, ३ सय ३८ ट्याक्टर रहेको प्रहरीले जनाएको छ।
कारबाहीबाट ३७ लाख ११ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत फागुन महिनामा मात्र ५ लाख ९५ हजार ५ सय रुपैया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। महिना भरमा संकलन भएको राजस्वमा यो अहिलेसम्मकै उच्च भएको उनले बताए।
पिकअप गाडीमा क्षमता भन्दा बढी लोड बोक्नु, लाइसेन्स र विलबुक साथमा नराख्ने लगायतका गाडीहरुलाई कारवाही गरिएको आचार्यले बताए। यसैबीच ८ महिनाको अवधीमा गुल्मीमा ३० वटा सवारी दुर्घट्ना भएकोमा १७ जनाको ज्यान गएको छ।