काठमाडौं : सुन (पहेलो धातु)को मूल्य प्रति तोला रु.५०० ले बढेको छ ।
आज आइतबार छापावाला सुनको मूल्य ८७ अजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । आज चादिको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।