काठमाडौं : छिमेकी देश भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले सम्म कुल संक्रमितको संख्या दुई लाख ७६ हजार दुई सय ४४ जना पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १ हजार १२८ जना छन् । नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार १९ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भइसकेका छन् । ४८ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हालसम्म २२ लाख ४५ हजार ३० जनाको पिसिआर परीक्षण गरिएको छ । पछिल्लो समयमा भने चार हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
मन्त्रालयको तथ्याङ्क अनसुार संक्रमितको सङ्ख्या बढेतापनि पछिल्लो २४ घण्टा भित्र कोरोना संक्रमितको मृत्यु भएको छैन ।