काठमाडौँ : दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण तथा जोखिम रोकथाम गर्नको लागि सार्वजनिक यातायात तथा क्षेत्रमा कडाई गरिने भएको छ ।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालनमा कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सो छलफलमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरूको सहभागिता रहेको थियो ।
सार्वजानिक यातायात ठप्प पार्ने होइन् , तर सेवागत यातायातहरुमा आजैबाट अनिवार्य रुपमा मास्क लगाउने, सिट क्षमता अनुसार यात्रु राख्ने, भौतिक दुरी कायम गर्ने, बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको बताए ।
जिल्ला प्रशासन कार्यालयले सार्वजानिक यातायातमा मास्कको प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण रोक्नको लागि आवश्यक्ता अनुरुपको निणर्य गर्ने र सम्बिन्धीत निकायसँग छलफल गर्ने भएको छ ।