काठमाडौं : पछिल्लो चौबीस घण्टामा १५६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज जम्मा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
जस मध्य १५६ जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
त्यस्तै गरी पछिल्लो चौबिस घण्टामा ७० जना संक्रमणमुक्त भएका छन् , यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।
आज कोभिड १९ का कारण ४ जनाको मृत्यु भएको छ भने , नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।
हाल क्वारेन्टिनमा ५२ जना छन् , भने आइसोलेसनमा १२९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।