काठमाडौँ : विदेशबाट राइस कुकरभित्र सुन लुकाएर ल्याउने क्रममा प्रकाश महरालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा बस्दै आएका महरालाई मंगलबार राति १०:१५ बजे प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।
उनि फ्लाई दुवई एयरलाइन्सको उडानमा आएका थिए ,भने उनको साथमा करिब ८८४.४५० ग्राम सुन रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्याएका थिए । यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।